६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ

लोकपथ
2.5k
Shares

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोक्कालाई प्रहरीले पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले आज शुक्रबार रोक्कालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । 

उनी सुन तस्करीमा हाल पुर्पक्षको लागि कारागारमा रहेका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती हुन् । दावा छिरिङ अहिले केन्द्रीय कारागारमा छन् ।

अमला रोका मगर माओवादीका नेताहरू वर्षमान पुन र नन्दकिशोर पुनसँग निकट मानिन्छिन् । 

दावा र रोक्काले ठमेलमा भियना होटल पनि सञ्चालन गर्थे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?