काठमाडौं । बीपी राजमार्गमा १५ दिनका लागि रातको समयमा यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ । काभ्रेको काभ्रे भन्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडक खण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रातको समयमा रोक लगाइएको हो ।
हाललाई साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको हो ।
सिन्धुलीको खुर्कोटमा आज शुक्रबार बसेको तीन जिल्ला काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बाढीपहिरोको जोखिमलाई ध्यान दिँदै यो निर्णय गरेको हो ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बाढीपहिरोको जोखिम रहेको भन्दै भोलि शनिबारदेखि पहिलो चरणमा साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म रातको समयमा यात्रु गाडी चलाउन रोक लगाउने निर्णय भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया