काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पुराना राजनीतिक दलहरूले देश र जनतालाई व्यवस्थित गर्न नसक्दा नकारात्मक शक्ति सल्बलाएको बताएका छन् । ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पुराना राजनीतिक दलहरूले समाज, राष्ट्र, जनता र आफ्नै पार्टीलाई समेत व्यवस्थित गर्न नसकेको बताए । उनले जसको परिणामतः पुनःउत्थानवादी शक्तिहरूले बढी चलखेल गर्ने आँट गरिरहेको बताए ।
पुराना दलहरूको कमी कमजोरीका कारणले पुनःउत्थानवादी शक्तिहरू सडक र सदनमा आएको जिकिर गरे । जनता समाजवादी पार्टीले अब जरैदेखि बलियो ढंगले आधार तयार गर्नुपर्ने बताए ।
अध्यक्ष राईले सरकार सकारात्मक रूपमा अघि बढ्नुपर्ने र नकारात्मक क्रियाकलाप गर्नेहरूसँग सरकार मिल्नु नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया