काठमाडौं । विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको बैठकमा अवरोध कायमै गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा उनीहरु विरोध जनाएका हुन् ।
सभामुख देवराज घिमिरेले कार्यसूचीलाई अगाडी बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाए ।
साथै, रास्वपाका सांसदहरुले आजको बैठकमा पनि निलो रिबन बाँधेर सांकेतिक विरोध जनाएका छन् । यसअघि पनि निलो रिबन लगाएर संसद पुगेका रास्वपा सांसदहरुले आज भने कालो कपडासहित निलो रिबनको प्रयोग गरेका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै रास्वपा र राप्रपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यसूची पनि रहेको थियो । तर विपक्षीहरुको विरोधपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमा सूचीबाट हटाइएको छ ।
अहिले प्रतिनिधि सभा बैठक जारी रहेको छ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यसूचीबाट हटाइए पनि बाँकी कामकारबाही भने अघि बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया