काठमाडौं । ललितपुरको कुपन्डोलमा कार र बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना महिला घाइते भएकी छिन् ।सोमबार बिहान थापाथलीबाट पुल्चोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३१ च ३९६५ नम्बरको कार र पुल्चोकबाट थापाथलीतर्फ जाँदै गरेको बा ४ ख ५६४६ नम्बरको बस कुपन्डोलामा एक आपसमा ठोक्किएको हो ।
दु्र्घटनामा कार चालक महिला ललितपुर घर भएकी ६० वर्षीया रचना बाँस्कोटा घाइते भएकी प्रहरीले जनाएको छ । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ ।
दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया