भारत–पाकिस्तान तनावले आईपीएल क्रिकेट २०२५ को सिजन स्थगित

लोकपथ
3k
Shares

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ । पाकिस्तानसँग बढ्दो तनावका कारण बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।

भारत–पाकिस्तानबीच बढ्दै गएको तनावका कारण इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२५ मा पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीच धर्मशालामा भएको खेल १०.१ ओभरपछि रोकिएको थियो । पहिलो इनिङको १० ओभरपछि रंगशालामा रहेको एउटा लाइट टावर बन्द हुँदा खेल रोक्नुपरेको थियोे ।

त्यसपछि आयोजकले खेलाडीहरूलाई मैदानबाट बाहिरिन लगाएका थिए । भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को आधिकारिक वक्तव्यअनुसार, खेल रोक्नुको कारण एचपीसीए रंगशालामा ’गम्भीर प्राविधिक समस्या’ भएको जनाइएको थियो ।

‘यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएकाले एचपीसीए रंगशालाको एउटा लाइट टावरले काम गर्न छाडेको हो । रंगशालामा उपस्थित दर्शकहरूलाई परेको असुविधाप्रति बीसीसीआईले क्षमा प्रकट गर्दछ,’ बोर्डको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
लाइट बन्द हुँदा दुवै टिम र दर्शकहरूलाई एचपीसीए रंगशालाबाट सुरक्षितरूपमा बाहिर ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?