आईसीसी महिला टी–२० एसिया छनोट आजदेखि सुरु, नेपाल हङकङसँग प्रतिस्पर्धामा

लोकपथ
882
Shares

काठमाडौं । थाइल्याण्डमा आजदेखि सुरु हुने आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल हङकङसँग खेल्दै छ ।

बैंककस्थित टेक्नोलोजी ग्राउण्डमा हुने खेल बिहान सवा ८ बजेबाट सुरु हुनेछ । नेपाल र हङकङबीचको खेल टेक्नोलोजी ग्राउण्ड बैंककमा विहान सवा ८ बजेदेखि सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण आइसीसी टिभीमा हेर्न सकिनेछ ।

यस प्रतियोगितामा आयोजक थाइल्याडण्डसहित ९ टोली सहभागी छन् । जसमा तीन समूह बाँडिएको छ ।
समूह ‘सी’ मा रहेको नेपालले हङकङ र बहराइसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल, हङकङ, यूएई, मलेसिया, बहराइन, कतार, भुटान र कुवेत छन् । नेपाल समूह ‘सी’ मा हङकङ र बहराइनसँग छ ।

यस्तै समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेशिया, कतार र यूएई छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष टोली ‘सुपर थ्री’ मा पुग्नेछन् । ‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोली ग्लोबल छनोट चरणमा पुग्नेछन् ।

नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), पुजा महतो, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, रुबी पोदार, राजमती ऐरी कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, मनिषा उपाध्यया र रिया शर्मा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?