काठमाडौं । प्रहरीले काठमाडौंबाट हुन्डीको रकमसहित एक नेपाली र एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ४० लाख ३२ हजार पाँचसय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा भारतको कलकत्ता घर भई हाल काठमाडौं ओमबहाल बस्दै आएका ६७ वर्षीय सुरज दत्त र रुपन्देहीको देवदह नगरपालिका घर भई काठमाडौंको चन्द्रागिरि–१५ तीनथाना बस्दै आएका ६३ वर्षीय धर्मप्रसाद ढकाल छन् ।
उनीहरूबाट २ थान मोबाइल र विभिन्न सहकारी संस्थाका चेकबुक र पासबुक बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया