वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा ९ महिनामा ३६ अर्ब ८३ करोड राजस्व संकलन

लोकपथ
98
Shares

पर्सा । सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार राजस्व संकलन गरेको छ । 

कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६१ दशमलव ३४ प्रतिशत राजस्व संकलन गरेको हो । कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले पछिल्ला महिनामा राजस्व संकलनमा बढोत्तरी हुँदै आएको जानकारी दिए ।

कार्यालयले साउनमा तीन अर्ब ७५ करोड, भदौमा  चार अर्ब ६४ करोड, असोजमा  चार अर्ब ३६ करोड, कात्तिकमा  तीन अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो । 

त्यस्तै मङ्सिरमा  तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा  चार अर्ब २९ करोड, फागुनमा  चार अर्ब ६८ करोड र चैतमा चार अर्ब ५० करोड राजस्व संकलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?