आजको समस्या राजनीतिक समस्या होइन : उपाध्यक्ष भुसाल 

लोकपथ
238
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष डा. वेदुराम भुसालले आजको समस्या राजनीतिक समस्या नभएको बताएका छन् । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्  । 

उनले आजको मुख्य समस्या मुलुकमा जुन उचाइको राजनीतिक परिवर्तन भयो सोहीअनुसारको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण हुन नसकेको बताए । उनले आर्थिक, सामाजिक लगायतका क्षेत्रमा परिवर्तनकारी कार्यहरू हुन नसक्नु नै प्रमुख समस्या भएको जिकिर गरे । 

जनताले अपेक्षा गरेको सुशासन कायम हुन नसक्नु, भ्रष्टाचार नियन्त्रण हुन नसक्नु र रोजगारी सिर्जना हुन नसक्दा आम नागरिक निराश बनेको उनको भनाइ छ  । आम नागरिकले उठाएका माग र चाहाना नै सुशासन भएको बताए । भुसालले सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, विकास र रोजगारीलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।  उनले आम नागरिकका अपेक्षा पूरा गर्ने गरी सरकारले नीति, कानुनहरू ल्याउनुपर्नेमा जोड दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?