काठमाडौं । ब्राजिलका विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोसको नेपाल आइपुगेका छन् । उनी मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् । नेपाल सुपर लिग (एनएसएल) को यही चैत १३ गते हुने खेल हेर्न उनी नेपाल भ्रमणमा आएका हुन् ।
उनलाई एनएसएल आयोजकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
यसअघि वैशाख ५ गते नै कार्लोस नेपाल आउने तय थियो । तर स्वास्थ्यका कारण उनको भ्रमण पछि सरेको थियो ।
स्पेनिस महान् क्लब रियल मड्रिडका पूर्वखेलाडी कार्लोससहितको ब्राजिलियन टोलीले सन् २००२ मा विश्वकपको उपाधि जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया