काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानबीचको रोमाञ्चक तथा निर्णायक भिडन्त हुने भएको छ। खेल बिहान साढे ९ बजे तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ।
यसअघि तीनवटा खेलमा लगातार जित हासिल गरेको नेपाल आज चौथो जितका लागि मैदानमा उत्रन लागेको हो ।
दुवै टोली तीन खेलमा तीन जितसहित बराबरी स्थितिमा रहेकाले आजको खेलबाट नै एक टोलीले आगामी वर्ष जिम्बाबे र नामिबियामा आयोजना हुने यू-१९ विश्वकपका लागि स्थान पक्का गर्नेछ।
नेपाल र अफगानिस्तानले यसअघि ओमान, हङकङ र यूएईलाई पराजित गर्दै सहज जित दर्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया