काठमाडौं । मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
महिलामाथि दुर्व्यवहार गरेको आरोपमा अहिराजमाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले लोकपथलाई जानकारी दिए ।
अहिराजमाथि जिल्ला प्रहरी परिसर महिला सेलले अनुसन्धान अघि बढाएको उनले बताए ।
‘उहाँमाथि हाम्रो महिला सेलले अनुसन्धान गरिरहेको छ,’ बोहराले लोकपथसँग भने ।
अहिराजमाथि महिलामाथि दुर्व्यवहार गरेको भन्दै उजुरी परेको थियो । उनीमाथि पक्राउ पुर्जी समेत जारी भइसकेको छ । उनीमाथि कस्तो आरोप लागेको हो भन्ने विषय भने प्रहरीले खुलाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया