नेपाल कथाहरूको विशाल भण्डार हो : अध्यक्ष दाहाल

लोकपथ
126
Shares

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कथाहरूको विशाल भण्डार भएको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भौगोलिक विविधता, विभिन्न जातजाति तथा समुदायको सामाजिक, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल कथाहरूको विशाल भण्डार भएको बताए । 

उनले नेपाली चलचित्र उद्योगले हाम्रो संस्कृति, परम्परा, ऐतिहासिक गौरव तथा सामाजिक यथार्थलाई विश्वसामु पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कथालाई चलचित्रमार्फत प्रस्तुत गरेर विश्वलाई हाम्रो देशको पहिचान दिन सक्ने सबैभन्दा उपयोगी माध्यम चलचित्र भएको बताए । कला, संस्कृति, प्रविधि र विचारको संयोजन रहेको चलचित्र मनोरञ्जनको साधन मात्र नभएर सामाजिक परिवर्तनको गतिशील माध्यम भएको उनको भनाइ छ । 

अध्यक्ष दाहालले इतिहासका महत्त्वपूर्ण परिवर्तनहरू चलचित्रमार्फत अभिलेख गरिएको उल्लेख गरे । चलचित्र समाजको पथ प्रदर्शक बन्न सक्नुपर्ने बताउँदै उनले नेपालमा चलचित्र क्षेत्रका अपार सम्भावना रहेको जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?