काठमाडौं । महोत्तरीमा सशस्त्र प्रहरीका एक जना नायब निरीक्षक (सई) माथि बालिका बलात्कारको आरोप लागेको छ ।
महोत्तरीको पिपराढीस्थित रेल्वे ट्र्याक पोस्टमा कार्यरत सई धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोप लागेको हो ।
लोहारपट्टी नगरपालिका–४ की ती बालिकालाई बलात्कार गरेको आरोप लागेपछि अहिले स्थानीयहरूले सशस्त्र प्रहरी पोस्ट घेराउ गरिरहेका छन् । आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालिकामाथि दुर्व्यहार भएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया