काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं आउँदैछन् ।
दिउँसो ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चाटर्ड फ्लाइटमार्फत् ज्ञानेन्द्र आउने भएसँगै उनका समर्थकहरुले भव्य स्वागतको तयारी गरेका छन् ।
विमानस्थल हुँदै निर्मल निवाससम्म ज्ञानेन्द्रलाई स्वागत गर्नेहरुको लावालस्कर देखिएको छ । साथै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ समेत गरिएको छ ।
चोकचोकमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । विमानस्थलमा प्रवेशका लागि समेत कडाइ गरिएको छ ।
राजा समर्थित दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी शक्तिहरुले केही दिनदेखि ज्ञानेन्द्रको स्वागतका लागि व्यापक तयारी गरेका छन् । केही दिनअघि राप्रपाको आह्वानमा नारायणहिटी अघि बृहत मोटरसाइकल र्याली समेत गरेको थियो । त्यसो त त्यसयता नारायणहिटी दरबार संग्रहालयमा सुरक्षाकर्मी बढाइएको छ । गणतन्त्र स्थापनापछि नारायणहिटीलाई संग्रहालयको रुपमा सर्वसाधारणले अवलोकन गर्ने व्यवस्था मिलाइएकोमा आज भने नारायणहिटी समेत बन्द गरिएको छ ।
त्यस्तै विमानस्थलदेखि निर्मल निवाससम्मको सुरक्षाका लागि सयौँ संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
तस्बिरहरु हेर्नुहोस् :










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया