काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थानहरूमा राजनीतिकरण हुँदा राम्रोसँग काम गर्न नसकेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थाहरुमा धेरै राजनीतिकरण भएको बताए ।
उनले सामाजिक संस्थाहरूलाई राजनीतिक रुपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मूल ध्येय नै विचलित हुन पुगेको उनको भनाइ छ । उनले नयाँ पुस्तालाई अवसर पाउनुपर्ने कुरामा कुनै प्रश्न नरहेको बताए । नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्न सक्नुपनर्मो सांसद निधीको जोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया