हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले यातायातसम्बन्धी सबै खाले समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।
नारायणी यातायात व्यवसायी संघको ३६औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले यातायातसम्बन्धी नियम कानुन संशोधन गरी समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारे ।
राज्यले गर्नुपर्ने धेरै काम यातायात व्यवसायी आफैँले गरिरहेको बताउँदै सवारी जाँचपास र नवीकरणलाई प्रविधिमैत्री बनाउन छलफल अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताए। विदेशमा भएको प्रणाली प्रदेशमा पनि कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै दुर्घटना तथा बीमासम्बन्धी ऐनमा आवश्यक संशोधन गर्न प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताए ।
बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेशको ३० प्रतिशत राजस्वमा यातायात क्षेत्रले योगदान गरिरहेको बताए । उनले २२ लाख सवारी चालक अनुमतिपत्र नागरिक एपमा राखिएको जानकारी दिए। अनलाइनबाटै राजस्व तिर्ने, नवीकरण गर्ने र नामसारी गर्ने व्यवस्था मिलाउने तयारीमा प्रदेश सरकार लागिरहेको उनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया