सरकारले देशलाई मरुभूमिकरण गर्ने कानुन ल्याउन खोज्यो : अध्यक्ष यादव 

लोकपथ
98
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमीसम्बन्धी कानुनलाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मुलुकको हितमा नरहेको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले सरकारले देशलाई मरुभूमिकरण गर्ने कानुन ल्याउने काम गरेको आरोपसमेत लगाए ।

उनले अध्यादेश पास भएमा सुकुम्वासीको नाममा भूमाफिया, विचौलीयाहरु, रियल स्टेटहरूले सुकुम्वासीको नाममा राज्यको महत्त्वपूर्ण जग्गा हडप्ने र बिक्री वितरण गर्ने धन्दा सुरु हुने जिकिर गरे ।

उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा वन संरक्षणको लागि सहायता माग्दै आएकोमा अध्यादेशले कानुनको रूप लिए त्यस्तो सहायता समेत रोकिने बताए । वन फडानी गरेर सुकुम्वासी व्यवस्थापन गर्न नहुनेमा उनको जोड छ । 

सरकारले बनाएको भूमि आयोग भूमिहीनको समस्या समाधान गर्नको लागि नभई भूमाफियाहरुमार्फत अनुचित लाभ लिन र देशलाई बर्बाद पार्ने उद्देश्यले बनाइएको आरोप समेत लगाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?