काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ ।
८४ वर्षीया पूर्व न्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि अस्पतालमा भर्ना भएकी थिइन् ।
सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश हुन्। सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत थिइन् ।
श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने सर्वोच्च अदालतका सूचना अधिकारी पाण्डेले जानकारी दिए । उनका दुई छोरा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया