काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले घटेको हो
अघिल्लो दिन तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २२ सय रुपैयाँले घटेर १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया