ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने अध्यक्ष दाहालको विश्वास

लोकपथ
168
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग्याल्पो ल्होसारले पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकतालाई सुदृढ गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।  

शेर्पा समुदायको ग्याल्पो ल्होसारका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले  यो पर्व मनाउने सबैमा  शुभकामना व्यक्त गरेका हुन् ।

अध्यक्ष दाहालले सामाजिक सञ्जाल फेसबुकमा ‘शेर्पा समुदायलगायत बौद्ध धर्मावलम्बीहरूले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसारको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । ग्याल्पो ल्होसारले विविधतायुक्त नेपाली समाजको चरित्रलाई आत्मसात गर्दै पहिचान र अधिकारमा आधारित राष्ट्रिय एकता थप सुदृढ गर्न महत्त्वपूर्ण प्रेरणा मिल्ने विश्वास लिएको छु,‘ लेखेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?