साहित्य परिवर्तनको सम्वाहक हो : सञ्चारमन्त्री गुरूङ

लोकपथ
35
Shares

गण्डकी ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताएका छन् । ‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरु भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उनले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताए । 

भूपी शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर आफू क्रान्ति र परिवर्तनप्रति आकर्षित भएको सञ्चारमन्त्री गुरुङले बताए। उनले बुकवर्मले आयोजना गर्दै आएको साहित्य महोत्सव बहुआयमिक कार्यक्रम रहेको बताए ।

‘यहाँ समाज, संस्कृति, अर्थतन्त्र, राजनीतिलगायतका विषयमा विचार–विमर्श हुन्छ, यसबाट सामाजिक रूपान्तरणमा योगदान पुग्छ, ‘सञ्चारमन्त्री गुरुङले भने, ‘यो अन्यभन्दा नितान्त नौलो र सिर्जनशील कार्यक्रम हो ।’ उनले नयाँ पुस्तालाई अनुसन्धान र सिर्जनशीलतातर्फ आकर्षित गर्नुपर्ने बताए । 

सञ्चारमन्त्री गुरुङले पुस्तक पढ्ने संस्कृतिलाई बढाउनुपर्ने बताए । पोखरामा पर्यटकीय गतिविधि बढाउन यस्ता मेला–महोत्सवबाट सघाउ पुग्ने उनको भनाइ थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?