धार्मिक भावले मानिसलाई अनुशासित बनाउँछ : मन्त्री पाण्डे

लोकपथ
42
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक भावले मानिसलाई अनुशासित बनाउने भएकाले यसले लोकतान्त्रिक गणतन्त्रलाई पनि मजबुत बनाउँदै लैजाने धारणा राखेका छन्  ।

आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर परिसरमा धार्मिक, सांस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को शुभारम्भ गर्दै उनले मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भावको आवश्यकता पर्ने बताए । 

धार्मिक भावले मानिसलाई अनुशासित बनाउने भएकाले विद्यमान व्यवस्थाका सकारात्मक पक्षलाई संरक्षण गर्न प्रेरित गर्ने उनको भनाइ छ । 

‘धार्मिक र लोकतान्त्रिक भावले संघीय लोकतान्त्रिक गणतन्त्रका सकारात्मक उपलब्धि संरक्षण गर्न सबैलाई प्रेरित गर्छ । यसले मुलुकको लोकतान्त्रिक प्रणाली थप मजबुत हुँदै जान्छ, ‘मन्त्री पाण्डेले भने ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?