‘अनलाइनबाट हुने अपराधलाई राज्य र राजनीतिक सीमा भित्रका प्रयासले मात्रै रोक्न सकिँदैन’

लोकपथ
140
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग गरेर अपराध हुनै नदिने अवस्था निर्माण गर्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले डिजिटल उपलब्धिको प्रयोग गरेर हामीले अपराध नियन्त्रणका काम भन्दा अगाडि अपराध हुनै नदिने प्रकृति निर्माण गर्नु आवश्यक रहेको बताए । उनले अपराध भइहालेको खण्डमा सही, निष्पक्ष, प्रभावकारी छानबिन, सही अभियोजन, गल्ती अनुसारको सजायको व्यवस्था हुनु जरुरी रहेको उल्लेख गरे ।

उनले अनलाइनबाट हुने अपराधलाई राज्य र राजनीतिक सीमा भित्रका प्रयासहरूले रोक्न नसक्ने भन्दै सबै देशको सहयोग आवश्यक हुने बताए । पारस्परिक सहयोगबाट अपराध नियन्त्रण गर्न सकिने उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?