सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा एमाले देशको विकास गर्ने पार्टी भएको बताएका छन्। आज सुर्खेत लेकबेँसीनगर कमिटीले आयोजना गरेको दुई दिने नगर स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेले सरकार सञ्चालन गर्दा देशको विकासले गति लिने गरेको बताए।
एमालेले विभिन्न अभियानका साथ जनतामा जाने र जनताको मन जित्ने काम गरेको मुख्यमन्त्री कँडेलको दाबी छ । एमालेमा विगतमा सदस्य धेरै भए पनि चुनावमा मत कम प्राप्त गरेकाले आफ्नो सदस्यता आफैँ नवीकरण गर्ने नीति लिएको हुँदा जनतालाई ढलमलाएर होइन बुझाएर पार्टी सदस्य बनाउनुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो ।
कर्णालीको विकास गर्ने जिम्मेवारी एमालेको काँधमा आएको उनले बताए । सत्ता साझेदार दलहरूलाई साथमा लिएर एमालेले कर्णाली बनाउने अभियानमा लागेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया