काठमाडौं । नेकपा एमालेले पार्टी सचिवालय बैठक बोलाएको छ । फागुन १८ गते आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेश, पार्टीको आन्तरिक गतिविधि,समसामयिक घटनाक्रमबारे छलफल गरिने एमालेको सचिवालयले जनाएको छ ।
गत पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले भूमिलगायत विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसद्मा दर्ता भए पनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया