हिजो उच्च मूल्य भएको सुन आज के भयो ?

लोकपथ
1.6k
Shares

काठमाडौं । अघिल्लो कारोबार दिन मंगलबार हालसम्मकै उच्च भएको सुनको मूल्यमा आज भने सामान्य गिरावट आएको छ ।

हिजो प्रतितोला छापावाला सुनको मूल्य १ लाख ७१ हजार ३ सय रहेको थियो, जुन हालसम्मकै उच्च थियो । आज सुनको मूल्य तोलामा ८ सयले गिरावट भइ १ लाख ७० हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले गिरावट भएको छ ।

हिजो चाँदीको मूल्य तोलामा १ हजार ९ सय ७० रहेकोमा आज मूल्यमा गिरावट आइ १ हजार ९ सय ४० कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?