जलविद्युत विधेयक समितिबाट पारित, केही विषय अझै छलफल गर्नुपर्ने

लोकपथ
252
Shares

काठमाडौं  । जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरू प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले सर्वसम्मत पारित गरेको छ । 

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले विधेयकको दफा १७ बाहेक सबै दफाहरू पारित गरेको समिति सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।

उनले विधेयकमा भएको भाषिक त्रुटीलाई अन्तिममा मिलाउने सहमति भएको बताए । उनले विधेयकको दफा १७ मा तल्लो तटीय र माथिल्लो तटीय क्षेत्रकोबारे अझै छलफल गर्नुपर्ने भएको कारण अर्को बैठकले टुंगो लगाउने बताए । उक्त दफासहित विधेयकमाथि गहन छलफल गरेर लामो समयसम्म कानुन संशोधन गर्नु नपर्ने गरी प्रतिवेदन बुझाउने बताए । 

समिति सभापति सिंहले भने, ‘आज जलविद्युत विधेयकमा दफा १७ को बाँकी रह्यो । बाँकी सम्पूर्ण दफाहरू हामीले पास गरेका छौँ । दफामा नमिलेको भाषिक शुद्धता अन्तिममा मिलाउने गरी सहमति भएको छ । दफा १७ मा तल्लो तटीय क्षेत्र र माथिल्लो तटीय क्षेत्रको बारेमा ज्यादै छलफल गर्नुपर्ने भएकोले यो विधेयक अर्को बैठकमा राखिकन गहन छलफल गरिकन जलस्रोत विधेयकलाई यो समितिले राष्ट्रहित, जनहित बनाई ६० लाख नेपाली जनताको जुन शेयर छ त्यसलाई पनि संरक्षण गरिकन विधेयकलाई लामो समयसम्म संशोधन गर्नु नपर्ने गरी सदनमा पेस गर्छौ ।’

उनले विद्युत् क्षेत्रमा रहेको ६० लाख नागरिकको शेयर संरक्षण गर्ने गरी विधेयक आउने दाबी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?