पूर्व राजा ज्ञानेन्द्रको आह्वानप्रति राप्रपा महामन्त्री राणाको समर्थन, एकजुट हुन आग्रह

लोकपथ
7
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद डा. धवलशमशेर राणाले पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा प्रजातन्त्र दिवसका अवसरमा जारी सन्देशअनुसार एकजुट हुन आह्वान गरेका छन् ।

विज्ञप्ति जारी गर्दै पार्टीको आन्दोलन परिचालन समितिको संयोजक समेत रहेका महामन्त्री राणाले ज्ञानेन्द्रको आह्वान अनुसार आन्दोलनमा एकतावद्ध भएर लाग्न आग्रह गरेका हुन् ।

७५औँ प्रजातन्त्र दिवसका अवसरमा मंगलबार साँझ एक भिडियो सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले देशको बिग्रँदो अवस्थाप्रति चिन्ता व्यक्त आफूलाई साथ दिन आग्रह गरेका थिए ।

ज्ञानेन्द्रको उक्त आह्वानलाई स्वागत गर्दै महामन्त्री राणाले भनेका छन्, प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा राजा ज्ञानेन्द्रबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीलाई साथ दिन आह्वान गरिएको छ । देशको वर्तमान स्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ चिन्तन र सक्रियताका लागि राजा ज्ञानेन्द्रबाट आएको सकारात्मक अभिव्यक्तिको म स्वागत गर्दछु । यही परिप्रेक्ष्यमा देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोधका साथ आह्वान गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?