काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुले भने जस्तो अहिले नै सरकार नढल्ने दाबी गरेका छन् ।
सोमबार लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले नेपाली कांग्रेससँग गरेको सहमति अनुसार अघि बढ्ने भन्दै त्यसयता आफूले सरकारको नेतृत्व गर्ने बताए ।
उनले झण्डै दुई तिहाइको तागत आफूहरुसँग रहेको र सबैको साथ रहेको अवस्थामा सरकार ढल्ने वा ढाल्ने कल्पना नगर्न समेत चेतावनी दिए ।
‘१७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन । केही गरे पनि सरकार ढल्दैन । अथवा प्रधानमन्त्री ढल्दैन, सरकार त के ढल्नु छ र ?,’ प्रधानमन्त्री ओलीले भने, ‘झण्डै दुई तिहाइ छ किन ढल्ने ?’
प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अबको १७ महिनापछि आफैँले कांग्रेसलाई सरकारको नेतृत्व सुम्पने पनि विश्वास व्यक्त गरे ।
‘…१७ महिनापछि केही बल गर्न पर्दैन आफैँ राजीनामा दिन्छु म शेरबहादुर जीलाई र सहयोग गर्छु, त्यो त मैले भनिराख्या छु,’ उनले भने ।
आफूहरुले सहज बहुमतका आधारमा सहज ढंगले देशको विकास गर्नका लागि दुई दल मिलेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया