काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु दुःखद भएको बताएका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले संसद् दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भएको खण्डमा संसदीय व्यवस्थालाई असर गर्ने पनि बताए ।
उनले यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गराउने र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाए । उनले राष्ट्रिय सभा भनेको वृद्धाश्रम नभएको पनि बताए । राष्ट्रिय सभालाई वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्नु नहुने बताए ।
उनले भने, ‘हाम्रो संविधानले दुई सदनात्मक संसदीय व्यवस्था गरेको छ । यी दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भयो भने त्यसले संसदीय व्यवस्थालाई असर गर्दछ । हामी कसैले पनि बोलेको कुरा एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु आफैँमा दुःखद् हो । यस्तो द्वन्द्व बढ्दै गयो भने यसले दुई सदनको बीचमा विवाद उत्पन्न गर्दछ र त्यसले संसदीय व्यवस्था र लोकतन्त्रलाई कमजोर बनाउँछ । राष्ट्रिय सभा भनेको वृद्धाश्रम होइन । तर राष्ट्रिय सभा भनेको पाकाहरुको सदन हो । त्यो सदनलाई वृद्धाश्रम भनेर हामीले आलोचना र बेइज्जत गर्नु हुँदैन । लोकतन्त्र आफैँमा एउटा सुसंस्कृत प्रणाली हो, यसलाई हामीले एक अर्कोले सम्मान गर्नुपर्छ । अहिले जसरी प्रतिनिधि सभाका एक जना मान्य सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रश्ताव पारित गरेको छ । त्यो आफैँमा दुःखद् हो । हामी यसबाट पाठ सिकौँ, कसै व्यक्तिलाई दोष नदिउँ । दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने काम नगरौँ र एकले अर्कालाई सम्मान गर्दै अघि बढौँ ।’
उनले दुवै सदनको बीचमा द्वन्द्व उत्पन्न हुने काम गर्न नहुने र एकले अर्कोलाई सम्मान गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया