ड्यूटीमा रहेका प्रहरीमाथि आक्रमण गर्ने एमाले निकट अनेरास्ववियुका जोशी पक्राउ

लोकपथ
630
Shares

काठमाडौं । रातिको समयमा ठमेलमा ड्यूटी गरिरहेका प्रहरीमाथि कुटपिट गर्ने एमाले निकट अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन् ।

बिहीबार राति जोशीसहितको समूहले प्रहरी हवल्दार जगुलाल घर्ति र जवान नगेन्द्रराज विष्टमाथि ठमेलको छाया सेन्टर अगाडि आक्रमण गरेको थियो ।

पक्राउ परेका जोशी अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्व स्ववियु सभापति एवं अनेरास्ववियुका स्थायी कमिटी सदस्य हुन् ।

प्रहरीमाथि आक्रमणमा संलग्न जोशीका अन्य टोलीहरु पक्राउ परिसकेका छन् । तर उनीमाथि राजनीतिक शक्तिका आडमा मुद्दा नचलाउने तयारी रहेको थियो । तर चौतर्फी दबाबपछि प्रहरीले उनलाई अभद्र व्यवहारमा मुद्दा चलाउने गरी पक्राउ गरेको हो ।

त्यसो त जोशीमाथि विभिन्न गम्भीर प्रकृतिका आरोप समेत रहेका छन् । कहिले क्याम्पस प्रशासनलाई शक्तिको आडमा नम्बर हेरफेर गर्न लगाउनेदेखि क्याम्पस हाताभित्रै अन्य संगठनका नेतामाथि आक्रमण गर्ने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?