काठमाडौं । नागार्जुन नगरपालिकाका निलम्बित प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध अर्को पनि मुद्दा दायर भएको छ ।
यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको थियो ।
आइतबार पुनः बस्नेतविरुद्ध अख्तियारले उनीविरुद्ध गैरकानुनी रुपमा करोडौ सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
‘मोहन बहादुर बस्नेतले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी मोहन बहादुर बस्नेतले जाँच अवधिमा नागार्जुन नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित हुनुपूर्व निज तथा निजको परिवारका सदस्यका नाममा विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरुमा रहेका खातामा सुरु मौज्दात वापतको रकम, निजको पारिश्रमिक तथा तलब, दैनिक भ्रमण भत्ता, विभिन्न भत्ता वापतको शतप्रतिशत बचत रकम, निजको श्रीमती उर्मिला बस्नेतको पारिश्रमिकरतलब रकम, श्रीमतीको विद्यालय भत्ताको बचत रकम, छोराको तलव रकम, बिभिन्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरुबाट लिएको कर्जा वापतको रकम, जग्गा बिक्रीबाट प्राप्त आय वापत रकम (जग्गा बिक्री वापतको आय गणना गर्दा बिक्री भएको जग्गा खरिद गर्दा वैधानिक आय स्रोतबाट खरिद वापतको खर्चको स्रोत पुष्टि भएको अनुपातमा मात्र बिक्री आय गणना गरिएको छ), बीमा परिपक्व पश्चात प्राप्त आय वापत रकम, विभिन्न बैंक तथा वित्तीय संस्था एवं सहकारी संस्थाहरुमा रहेको मौज्दात रकममा कर कट्टी पश्चात प्राप्त ब्याज आय वापतको रकम र बिभिन्न कम्पनीहरुको शेयर बिक्रिबाट प्राप्त कूल आय रकमसमेत गरी निज मोहन बहादुर बस्नेत र निजका एकाघर परिवारका सदस्यहरुले जाँच अवधिमा कूल रु १९,९५,७४,८६२.२५ (उन्नाईस करोड पन्चानब्बे लाख चौरहत्तर हजार आठसय बैसठ्ठी रुपैयाँ र पच्चीस पैसा मात्र) आय आर्जन गरेको देखियो,’ अख्तियारको आरोपत्रमा भनिएको छ, ‘ सोही जाँच अवधिमा प्रतिवादी मोहन बहादुर बस्नेतको व्ययतर्फ जग्गा खरिद (रजिष्ट्रेशन दस्तुर) समेतको रकम, घर निर्माण गर्दाको खर्च रकम, घर मर्मत गर्दाको खर्च वापतको रकम, अपार्टमेन्ट खरिदका लागि बुकिङ्ग प्रयोजनामा भएको खर्च रकम, बिदेश भ्रमणमा जाँदा अमेरिकी डलर (ग्क्म्) सटही गर्दा भएको कूल खर्च वापतको रकम, आफ्नो तथा पारिवारका सदस्यहरुको उपचारको क्रममा भएको खर्च रकम, बिभिन्न व्यक्तिहरुलाई जग्गा खरिद बिक्री कमिसन वापत भुक्तानी गरेको कूल रकम, बिभिन्न कम्पनीहरुमा गरेको कूल लगानी रकम, कर्जा लिदाँ तिरेको सेवा शुल्क वापतको खर्च रकम, कर्जाको साँवा व्याज भुक्तानीका क्रममा भएको खर्च रकम, छोराको वैवाहिक भोज खर्च रकम, विवाहित छोरालाई दिएको व्यक्तिगत खर्च वापतको रकम, विवाहित छोरीलाई दिएको रकम, दान चन्दा÷डोनेसन वापत दिएको रकम, घरमा काम गर्ने सहयोगीलाई दिएको परिश्रमिक वापतको खर्च रकम, बिभिन्न व्यक्तिलाई दिएको रकम, बीमा शुल्क भुक्तानी वापतको खर्च रकम, लकर शुल्क वापतको खर्च रकम, विदेश भ्रमणमा जाँदा हवाई टिकट खरिद प्रयोजनामा भएको खर्च रकम बिभिन्न कम्पनीहरुको शेयर खरिदमा भएको खर्च/लगानी रकम, सवारी साधन खरिदका क्रममा भएको कूल खर्च रकम, सवारी साधनको सर्भिसिङका क्रममा भएको खर्च रकम, सवारी साधन नवीकरणमा भएको खर्च रकम, सुन लगायतका बहुमुल्य धातुका गरगहना खरिदका क्रममा भएको खर्च रकम र बिभिन्न बैंक तथा वित्तीय संस्था एवं सहकारी संस्थाहरुमा रहेका खाताहरूमा रहेको मौज्दात रकमसमेत गरी जाँच अवधिमा कूल रु.२८,६५,६१,९६७.९४ (अठ्ठाईस करोड पैसठ्ठी लाख एकसठ्ठी हजार नौसय सड्सठ्ठी रुपैयाँ चौरानब्बे पैसा मात्र) खर्च तथा लगानी गरेको देखिंदा निजको जाँच अवधिको कूल÷समग्र आयबाट सोही अवधिको कूल खर्च तथा लगानी (कूल व्यय) घटाउँदा कूल आय भन्दा कूल ब्यय अधिक हुन गई जाँच अवधिमा रु.८,६९,८७,१०५।६९ (आठ करोड उनन्सत्तरी लाख सतासी हजार एक सय पाँच रुपैयाँ र उनन्सत्तरी पैसा मात्र) बराबरको सम्पत्ति (खर्च तथा लगानी) को स्रोत पुष्टि भएको नदेखिएकोबाट नागार्जुन नगरपालिका काठमाडौँको नगर प्रमुख पदमा राष्ट्रसेवकको रुपमा सार्वजनिक पद धारण गरेका प्रतिवादी मोहन बहादुर बस्नेतले सार्वजनिक पदको दुरुपयोग गरी रु.८,६९,८७,१०५।६९ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरिएको देखियो ।’
बस्नेतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसुर गरेको पुष्टि भएकोले उनीविरुद्ध ८ करोड ६९ लाख ८७ हजार १ सय ५ बराबर बगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
त्यस्तै बस्नेतले सार्वजनिक पदमा रहँदाका बखतमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने क्रममा उनको श्रीमती उर्मिला बस्नेतको समेत संलग्नता रहेको भन्दै उनीविरुद्ध समेत मुद्दा दायर भएको छ ।
बस्नेतले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट उनको श्रीमती उर्मिला बस्नेतका नाममा रहेको नगद मौज्दात रकम, खरिद गरिएका घरजग्गा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज उर्मिला बस्नेतलाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
जग्गा प्लटिङमा अनियमितता गरेको भनी उनीविरुद्ध यसअघि नै भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । हाल उनी निलम्बित अवस्थामा छन् ।
स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई एक हाउजिङ व्यवसायीलाई फाइदा पु¥याएको आरोपमा अख्तियारले यसअघि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाउँदै मुद्धा दायर गरेको थियो ।
त्यसरी गैरकानुनी रुपमा प्राप्त रकम लुकाएको, अन्यत्र लगानी गरेको र हस्तान्तरण समेत भएको भनी अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दा समेत दायर गरेको थियो ।
अख्तियारले उनीमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट लाभ लिएको आरोप समेत लगाएको थियो ।
अख्तियारका अनुसार ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएका थिए ।
यो पनि…
यी हुन् नागार्जुनका निलम्बित नगर प्रमुख बस्नेतका थप काला कर्तुतहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया