५ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस (नामावलीसहित)

लोकपथ
413
Shares

काठमाडौं । नेपाल प्रहरीका ५ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।

आज बसेको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नियमावली २०७९ (संशोधनसहित) नियम २९ को उपनियम ४ बमोजिम बढुवा गरेको हो ।

बढुवा सिफारिसमा पर्नेहरुमा ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया रहेका छन् ।

उनीहरु पाँचै जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा सुरुवात गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?