रौतहटमा स्कर्पियो दुर्घटना, ८ जनाको मृत्यु 

लोकपथ
385
Shares

काठमाडौं । रौतहटमा स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।  बा१६च ३१६२ नं.को स्कर्पियो पूर्वपश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिका–४ धन्सार पुल नजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा मृत्यु हुनेहरूमा सिराहाको अर्नमा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा, सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षीया रामकुमारीदेवी महरा,  ३० वर्षीया सकुन्तलादेवी महरा र सोही गाउँपालिका–५ बलुवाटोलका ४० वर्षीय स्कर्पियो चालक श्रीकुमार यादव रहेका छन् ।

सोही दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइतेहरुको हाइवे ट्रमा अस्पताल र वीरगञ्जको बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?