ट्रकले बसलाई  ठक्कर दिदा २ को मृत्यु ९ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत ट्रक रोकिएको बसमा ठोक्किँदा रौतहटको पौराइमा २ जनाको मृत्यु र ९ जना घाइते भएका छन् ।

चन्द्रपुर नगरपालिका १ मंगलपुर जंगलमा  रोकिएको ना ६ ख ९०३० नम्बर प्लेटको तिर्थयात्री बोकेको बसलाई पछाडिबाट को १ ख २६२५ नम्बरको  माल वाहक ट्रकलेसोमबार राती १२ बजेर ४६ मिनेटमा  ठक्कर दिदा २ जना भारतिय नागरिकको घटनास्थलमै मृत्यु भएका हो ।

मृत्यु हुनेमा जामागारा भुवनेश्वर खोडदाहाका ५२ वर्षिय विजयकुमार जेना र ५४ वर्षिय चरण विशालको ज्यान गएको रौतहट प्रहरीका डीएसपी नवीन कार्कीले जानकारी दिए । यस्तै घाइते हुनेहरु ९ जनामध्य ३ जनाको वीरगञ्जमा र ६ जनाको चन्द्रपुरमा उपचार भइरहेको डीएसपी कार्कीले बताए ।

ठक्कर दिदा बस २० मिटर पर पुगेकोे थियो । ट्रकका चालक भने फरार  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?