धुलो धुवा धेरै भो, स्वास फेर्न गाह्रो भो !

काठमाडौं । काठमाडौंको चुच्चेपाटी–टुसाल–बौद्ध–जोरपाटीका स्थानीयवासी आन्दोलित भएका छन् । 

चुच्चेपाटी–टुसाल–बौद्ध–जोरपाटी सडकखण्ड छिटो पिच गर्न माग गर्दै व्यापारी र स्थानीय वासिन्दले अनिश्चितकालीन आन्दोलन शुरु गरेका हुन् ।

उनीहरुले आज बिहीवारदेखि दबावमूल विरोध कार्यक्रम गरेका हुन् । सडक पिच नभएसम्म जारी राख्ने उनीहरुले बताए । 

समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

बौद्ध व्यापार संघको आयोजनामा आज बिहान व्यापारी र स्थानीयबासी बौद्ध स्तुपा अगाडि विरोध प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रिएका व्यापारी र स्थानीयवासिलेहरुले ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर’, ‘धुलो धुवा धेरै भो, स्वास फेर्न गाह्रो भो’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

उनीहरुले ह्युमपाइप, पोल तेस्र्याएर र सडकको बीच भागमै बसेर गाडीहरुको आवत–जावतमा अरोध समेत पुर्याएका थिए । 

यद्यपि प्रहरीले सडकका अवरोधहरु हटाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?