नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार एक वर्षमा विकासका नयाँ आधार खडा गर्न सफल भएको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा प्रचण्डले समृद्धि र सुखी नेपालीको आकांक्षा सम्बोधन गर्न गरेको प्रयासका लागि सरकारलाई धन्यवाद दिएका हुन् ।
सरकारले एक वर्षमा दुरीगामी महत्वका काम अघि सारेको उनको दाबी छ । साथै उनले कृषिलाई महत्व नदिए 'समृद्ध नेपाल सुखी नेपाली' नारा असफल हुने बताए ।
उनले थपे, सरकारले कृषिलाई प्रथामिकतामै राख्नैपर्छ ।
नेपालमा अझैपनि आधाभन्दा बढी जनता कृषिमा निर्भर भएका कारण देश विकास गर्न सरकारले कृषिलाई महत्व दिनुपर्ने उनको भनाई थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया