वैदेशिक रोजगारीको शिलशिलामा कतारको राजधानी दोहामा बीस महिनाअघि पुगेका २६ वर्षीय धनेन्द्रकुमार यादव र नेपाल वायुसेवा निगमका एक कर्मचारीलाई प्रहरीले पक्रेर अनुसन्धान सुरु गरेको छ ।
कमजोर आर्थिक अवस्था भएका यादव वैदेशिक रोजगारीको सिलसिलामा दोहामा थिए ।
आइतबार बिहान यादव दोहाबाट नेपाल एयरलाइन्सको विमानमार्फत् काठमाडौं आइपुगेका उनले आफ्नो साथमा ल्याएको सुन नेपाल वायुसेवा निगमका एक कर्मचारीलाई दिएको बताए।
त्यसपछिको अनुसन्धानको क्रममा प्रहरीले सुन तस्करीमा निम्न आय भएका नेपालीलाई लोभ लालच देखाएर सुनको तस्करी भइरहेको बुझीएको हो ।
यादवलाई दोहामा एक युवकले सुन लगेर विमानका कर्मचारीलाई दिएवापत् २ सय रियल दिने भनेपछि उनी लोभिएका रहेछन्। प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया