समाजवादी पार्टीको पहिलो केन्द्रीय समिति बस्दै

हिजो एकीकरण भएको समाजवादी पार्टी नेपालको पहिलो केन्द्रीय समिति बैठक आज बस्दैछ।

काठमाडौंको बुद्धनगरस्थित पार्टी प्यालेसमा नवगठित पार्टीको केन्द्रीय समिति बैठक हुन लागेको हो ।

तत्कालीन संघीय समाजवादी फोरमबाट २ सय ८० जना र नयाँ शक्ति पार्टीको १ सय ५०  जना गरी समाजवादी पार्टीको केन्द्रीय समितिमा करिब ४ सय ३० सदस्य छन् ।

आजको बैठकमा निर्वाचन आयोगमा पार्टी दर्ता,  प्रदेश र जिल्ला तहको समायोजन,  पार्टीको चुनाव चिन्हका विषयमा छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?