धादिङबाट ९ सय ७८ ग्राम खैरो हेरोइनसहित बोहरा पक्राउ

धादिङ । प्रहरीले धादिङबाट खैरो हेरोइन र चरेससहित एक जनालाई पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण व्युरोले स्थानीय प्रहरीको सहयोगमा ९ सय ७८ ग्राम खैरो हेरोईन र ४७ किजी चरेससहित कैलाली उपमहानगरपालिका ४, वेहडीका ४६ वर्षीय काल्चे बोहरालाई पक्राउ गरेको हो । 

डीएल ३ सीएडी ७०८१ भारतीय नम्बर प्लेटको कारमा लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा गजुरी–१, को सोती खोला कच्ची सडकबाट लागूऔषसहित बोहरालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्या लय धादिङले जनाएको छ । 

यस विषयमा थप छलफल भइरहेको प्रहरीले बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?