काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता प्रधानले यस्तो बताएका हुन् ।
बैशाखभित्रमा टुँडिखेलको अतिक्रमित जग्गा खालि नभएको भए आफूहरुले जेठ १५ गतेदेखि सशक्त आन्दोलन गर्ने योजना बुनिसकेको पनि प्रधानले स्मरण गराए । यद्धपी प्रधानमन्त्री ओलीले तत्कालै निर्देशन दिएर खुल्लामञ्चका सटर भत्काउन लगाएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई पूनः धन्यवाद दिए ।
त्यस्तै, उनले ईतिहाँसमै मिडियाले छ्याप्छ्याप्ती गरेर समाचार छापेको पनि यही टुँडिखेलको जग्गा प्रकरण भएको जिकिर गरे । उनले भने,‘सार्वजनिक सम्पत्ति जोगाउन सबै लाग्नुपर्छ । भूमाफीयाहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’ कुनै दल विशेषको नभई जनताको प्रतिनिधि भएर यस्तो गलत कार्यको विरोध गर्नुपर्ने उनको भनाई थियो । ‘भ्यु–टावर’बाट सुरु भएको माफियाकरण खुल्लामञ्चसम्म पुगेको नेता प्रधानको आरोप छ ।
फरक प्रसँगमा उनले नेपालको ईतिहाँसमै अहिलेसम्मको बलियो सरकार भएपनि वर्तमान सरकारले काम गर्ने अवसर गुमाएको आरोप लगाए । उनले भने,‘यो सरकार अहिले काण्डै काण्डमा मुछिएको छ ।’
कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद विराजभक्त श्रेष्ठले खुल्लामञ्चका सटर हटाउन सफल भएको भन्दै सबैमा धन्यवाद दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया