काठमाडौं । मुगुको सदरमुकाम गमगढी बजार क्षेत्रमा बम फेला परेको छ ।
शनिवार बिहान बजार क्षेत्रको जिल्ला समन्वय समितिको कार्यालय गेटमै बम फेला परेको हो ।
प्रहरी नायव उपरिक्षक लालबहादुर ऐरका अनुसार सो बम प्रतिबन्धीत नेत्र विक्रम चन्द समूहले राखेको हुन सक्छ ।
बिहानै सदरमुकाममा बम फेला परेपछि स्थानीय त्रसित भएका छन् । बम डिस्पोज पार्न नेपाली सेना श्रीदल गुल्मलाई खबर गरी सकेको प्रहरीले जनाएको छ ।
बम राखेको स्थानमा प्रहरी शसस्त्र प्रहरीले सुरक्षा दिएको र सर्बसाधारणलाई आवत जावतमा रोक लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया