राजविराज । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृतयु भएको छ । सप्तरीको सितापुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ बस्ने ४० वर्षीय शिवकुमार मण्डल रहेको प्रहरी निरीक्षक गुरु तिमल्सिनाले बताए ।
दुर्घटनामा परी चालकसहित चार जनासमेत घाइते भएका छन् ।
उनीहरुलाई उपचारको लागि अहिर अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ट्याक्टर सडकको छेउमा पल्टेको हो भने दुर्घटनाको कारण खुलेको छैन । फलामको रड लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्याक्टर अग्निसाई कृष्णशवरण गााउँपालिका–४ स्थित सितापुरमा दुर्घटना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया