काठमाडौं । फेसबुकका सिइओ मार्क जुकरबर्गको सेक्युरीटिमा फेसबुकले अढाई अर्ब खर्चेको छ ।
सिलिकन भ्यालीका उच्च पदस्थहरु आफ्नो व्यक्तिगत सुरक्षाका लागि वर्षेनी करोडौँ रकम खर्चिका समाचारहरु आईरहेका थिए ।
दी गार्जियनको रिपोर्ट अनुसार फेसबुकले पनि आफ्ना सिइओ मार्क जुकरबर्गको सुरक्षाका लागि झण्डै अढाई अर्ब रुपैयाँ बराबरको रकम खर्च गरेको छ ।
जुकरबर्गको सुरक्षाका लागि सन् २०१८ मा भएको खर्च सन् २०१७ को भन्दा दोब्बर हो ।
रिपोर्ट अनुसार जुकरबर्गलाई सुरक्षित राख्नका लागि फेसबुकले सन् २०१८ मा २ करोड २६ लाख डलर खर्च गरेको छ ।
जुकरबर्गका लागि गरिएको खर्चलाई फेसबुकले अन्य क्षतिपूर्ति शीर्षकमा खर्च जनाएको छ । त्यस्तै जुकरबर्ग र उनको परिवारको सुरक्षाका लागि थप ९० लाख डलर रकम समेत खर्च भएको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया