फिलिपिन्समा ६.३ म्याग्निच्यूडको भूकम्प

फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्निच्यूडको भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्निच्यूडको रहेको जनाएको छ।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?