ओखलढुंगा । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीमा स्कारपियो दुर्घटना हुदाँ ६ जनाको घटना स्थल मै ज्यान गएको छ ।
दुर्घटनामा परी अन्य चालकसहित अन्य तीन जना गम्भिर घाइते भएका छन् । सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको स्कारपियो सडकबाट अन्दाजी ३ सय मिटर तल खोलामा खसेको घटनास्थलबाट उद्धारकार्यमा खटेका प्रहरी जवान बिर बहादुर तामाङले बताए ।
घाइतेहरुको घुर्मी स्थित सामुदायीक अस्पतालमा उपचारका लागि लगीएको छ ।
दुर्घटनामा परी ज्यान गुमाने चार पुरुष र दुई महिला रहेको वडा अध्यक्ष हेमराज राईले बताए । उनिहरुको पहिचान खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यलयबाट प्रहरी प्रमुख पुष्पराज मल्ल नेतृत्वको टोली घटना स्थलतर्फ प्रस्थान गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया