राजापुर । बर्दियाको बारबर्दिया नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु भएको छ ।
गरपालिका–९ स्थित बनगाईमा भे८प६९६८ र बा९१प ९३७७ नम्बरको मोटरसाइक एकआपसमा ठोकिँदा तीन जनको मृत्यु भएको हो ।
मृत्यु हुने मधुवन नगरपालिका–१ का २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र २३ वर्षीय खगेन्द्र बस्नेत रहेका छन् । दुर्घटनामा परी घाइते भएका उनीहरुको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी बर्दियाले जनाएकोे छ ।
तीव्रगतिका कारण मोटरसाइकल ठोक्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया