काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि गैर आवासीय नेपाली (एनआरएन) लक्षित छुट्टै अध्यागमन डेस्क सञ्चालनमा आएको छ ।
गैर आवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेक्सको स्थापना गरिएको हो ।
गैरआवासीय नेपाली संघ एनआरएनएले छुट्टै अध्यागमन डेक्सको लागि लबिङ गरिरहेको थियो । गत साता मात्रै संघका अध्यक्ष भवन भट्टले माननीय गृहमन्त्री रामबहादुर थापालाई भेटी डेक्स स्थापनाबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि अपिल गरेका थिए ।
डेस्कको उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष भवन भट्टले लामो समयदेखिको प्रयासले सार्थकता पाएको बताए ।
सरकारले गैर आवासीय नेपालीहरुलाई मुलुकका महत्वपूर्ण एजेन्डामा समेत सहभागी गराएको बताउँदै आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्ने बताए ।
भोलिबाट सुरु हुने लगानी सम्मेलनमा समेत उत्साहपूर्वक सहभागी हुने उनको भनाई थियो ।
कार्यक्रममा अध्यक्ष भट्ट सहित महासचिव डा बद्री केसी, उपाध्यक्षद्वय कुल आचार्य, कुमार पन्त, प्रवक्ता भूषण घिमिरे लगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया